मगर भाषामा शब्दको रुप परिबर्तन
हामीले दैनिक रुपमा बिभिन्न सब्दहरु विभिन्न अवस्था भुझाउन बिभिन्न रुपमा सब्दहरु प्रयोग गरेका हुन्छौ। जस्तै सामान्य रुपमा एउटा प्रयोग गर्छु भने कुनै कुरा गरिरहेको जनाउन लाई त्यहि सब्दको अर्को रुप प्रयोग गरेका हुन्छौ। हामीलाई समय र अवस्था अनुसार सब्द बन्ने आधार थाहा पाउन सक्यौ भने हामी यसलाई सजिलो संग प्रायोग गर्न सक्छौ। यहा बिभिन्न अवस्था बुझाउन शब्दको रुप कसरि परिबर्तन गर्न सकिन्छ भन्ने कुरा सिकाउन खोजेका छौ।
मगर भाषाको सब्द (क्रिया) मा 'के
/कि
' जोडिएको हुन्छ। जस्तै: ज्याके/ज्याकी = खानु, रिक्के/रिक्की = लेख्नु
बिभिन्न अवस्था बुझाउन यस्तो क्रिया को पछाडी अन्य सब्द जोड्ने गरिन्छ। यसरी बन्ने सब्द मा 'के/कि
' हटाइएको हुन्छ। जस्तै: ज्याके + ले
= जयाले (खान्छ)
सामान्य अवस्था बुझाउन सब्दको पछि 'ले
' जोड्नु पर्दछ (present/सामान्य)। यस्तोमा खस भाषामा सब्दको पछाडी हुने 'छ
' लाई बुझाउन मगर भाषामा 'ले
' राखिन्छ। जस्तै : (आउनु) राहाके + ले
= राहाले (आउछ), (देख्नु) डाङके + ले
= डाङले (देख्छ)
कुनैकुरा भैरहेको जनाउन लाई सब्दको पछाडी 'चै/चई/मन
' जोड्नु पर्दछ (continuous/अपूर्ण)। यस्तोमा खस भाषामा सब्दको पछाडी हुने 'तै/दै
' लाई बुझाउन मगर भाषामा 'चै/चई/मन
' राखिन्छ। जस्तै: (खानु) ज्याके + चै
= ज्याचै (खादै), (लैजानु) आल्के + मन
= आल्मन (लैजादै)
कुनै कुरा भएको/सकेको जनाउन लाई सब्दको पछाडी 'च/म/मो
' जोड्नु पर्दछ (perfect/पूर्ण)। यस्तोमा खस भाषामा सब्दको पछाडी हुने 'एको/एकि
' लाई बुझाउन मगर भाषामा 'च/म/मो
' राखिन्छ। जस्तै: (खन्नु) कोहोके + च
= कोहोच (खनेको)
कुनै कुरा बितेको समय बुझाउन सब्दको पछाडी 'आ
' जोड्नु पर्दछ (past/भुत)। जस्तै: (ओड्नु) पुहुके + आ
= पुहा (ओड्यो), (छ) ले + आ
= लेआ (थियो)
कुनै कुरा भबिस्य मा बुझाउन सब्दको अगाडी 'अ/आ
' र पछाडी 'ने
' जोड्नु पर्दछ (Future/भबिस्यत)। जस्तै: आ
+ छान्के (हुनु) + ने
= आछाने (हुनेछ)
केहि उदाहरण
सब्द | सामान्य | भुत | अपूर्ण | पूर्ण | भबिस्यत |
---|---|---|---|---|---|
झाल्के (झर्नु) | झाल्ले | झाला | झाल्चई | झाल्च | आझाल्ने/झाल्केले |
लोकी (किन्नु) | लोले | लोआ | लोचई | लोच | आलोने |
खुस्के (चोर्नु) | खुस्ले | खुसा | खुस्चई | खुस्च | आखुसे/खुस्केले |
र्हास्के (अघाउनु) | र्हासले | र्हासा | र्हास्चई | र्हास्च | आर्हासने |
लोहोके (फाल्नु) | लोहोले | लोहा | लोहोचई | लोहोच | आलोहोने |
स्याहाके (नाच्नु) | स्याहाले | स्याहा | स्याहाचई | स्याहाच | आस्याहाने |
सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८