हाम्रो बारेमा
मगर समुदाय नेपालको सबै भन्दा धेरै जनसंख्या भएको तथा आफ्नै भाषा, सस्कृति बोकेको आदिबासी जनजाती समुदाय हो। यस समुदायमा अन्य जातिको भन्दा धेरै सास्कृतिक रुपले बिभिदाता भएको पाईन्छ। हालको समयमा सबै जातजातिहरूले आफ्नो आफ्नो हिसाबले आफ्नो धार्मिक तथा साँस्कृतिक जगेर्ना गर्न अगिसरिरहेको अवस्थामा मगर समुदाय को पनि आफ्नो राष्ट्रिय, छ्यत्रीय, स्थानीय स्तरका संघ संस्था स्थापना भएका छन्। कुनै पनि जातजाती को पहिचान भनेको उसको आफ्नो भाषा, धर्म तथा सस्कृति हो। यसमा पनि भाषाको महत्वपूर्ण भूमिका रहेको पाईन्छ। भनिन्छ भाषा हराए सस्कृति हराउछ, सस्कृति हराए जाति हराउछ। अहिलेको अवस्थामा सबै जातीको भाषा, धर्म तथा संस्कृतिमा केहि ह्रास आएता पनि सबै को अग्रसरतामा यसको जगेर्ना तथा प्रबर्दनको सुरुवात भएको छ।
मगर समुदायको भाषा, धर्म तथा सस्कृति जगेर्ना तथा प्रबर्दन गर्ने अभियानमा हामी पनि समावेस हुने अठोटका साथ यस मगर भाषा सिक्ने अनलाईन माध्यमको सिर्जना गर्न खोजेका छौ। बिभिन्न समयमा मगर समुदायका विद्वान तथा अग्रजहरूले मगर भाषा प्रबर्दन तथा संरछ्यणका लागि मगर भाषा सिक्ने सिकाउने पुस्तक प्रकासन गर्नु भएको छ साथै स्थानीय स्तरका समुदायहरुले पनि सोहि पुस्तक तथा मगर भाषा बोल्न सक्ने व्यक्तिको अगुवाईमा मगर भाषा सिकाउने प्रयास भैरहेको छ। यहि मगर भाषा सिकाउने अभियानमा हातेमालो गर्न हामीले यसको सुरुवात गरेका छौ।
मगर समुदायको भाषामा भौगोलिक बिबिधता पाईन्छ, फलस्वरूप मगर समुदायमा ३ किसिमका भाषा बोलीचालीमा छन्। नेपालको पश्चिमी भेग तिर बोलिने मगर ढूट, पूर्ब तिर बोलिने मगर खाम र रुकुम रोल्पा तिर बोलिने काईके भाषा। हामीले यहाँ हाम्रो पहुचमा मगर ढूटको सामग्री आवस्यकता अनुसार भएको हुनाले, मगर ढूट बोल्न सिकाउने सामग्रीहरू समाबेस गरेका छौ। भोलिका दिनमा अरू थप २ भाषाका सामग्रीहरू पनि समावेस गर्ने अठोटका साथ सामग्रीहरू संकलनमा यहाँहरूको साथ र सहयोगको अपेछ्या गरेका छौ।
यस मगर ढूट सिकाउने अधिकांस सामग्रीहरू डा. बिष्णु कुमार सिंजाली मगर तथा हिरामति राना (सिंजाली) द्वारा प्रकासित "मगर ढुटानङ कुराकानी २०६८" पुस्तकको आधारमा तयार पारिएको छ। हाम्रो पहुचमा अन्य पुस्तक तथा सामग्रीहरू भए अनुसार थप सामग्रीहरू समावेस गर्दै लैजानेछौ।
यहाँहरूको सल्लाह, सुजाबको हामीलाई अत्यन्तै आवस्यकता रहनेछ र यहाँहरूको सल्लाह सुजाबलाई सधै आत्मसाथ गर्दै यसलाई अझ परिस्कृत गर्दै लैजानेछौ। यहाँहरूले हाम्रो फेसबुक पेजमा गई वा हाम्रो ईमेल magardhut.app@gmail.com मा सल्लाह सुजाब दिन सक्नुहुनेछ।