मगर भाषामा वचन
वचन ले संख्यालाई जनाउदछ। हामीले एउटा अथवा धेरै बुझाउनु पर्दा वचन को प्रयोग गर्दछौ। बिसेस गरि नाम/सर्वनाम संग वचनको प्रयोग गरिन्छ। एउटा मात्र बजाउने लाई एकवचन र धेरै जनाउने लाई बहुवचन भन्दछ। हामीले नेपालि भाषामा बहुवचन जनाउनु पर्दा नाम/सर्वनामको पछाडी हरु
जोडेका हुन्छौ। यसरी नै मगर भाषामा 'हरु
' को ठाउँ मा 'को
' को प्रयोग गर्दछौ।
जस्तै:
एक वचन
केटा = जा/बाउजा
तिमि = नाको
हामि = कान
बिद्यार्थी = सिप्या
बहुवचन
केटा + हरु (केटाहरु) = जा/बाउजा + को
(जाको/बाउजाको)
तिमि + हरु (तिमीहरु) = नाको + को
(नाकोको)
हामि + हरु (हामीहरु) = कान + को
(कानको)
बिद्यार्थी + हरु (बिद्यार्थीहरु) = सिप्या + को
(सिप्याको)
नेपालि भाषामा वचन अनुसार को क्रियापद को प्रायोग गरिन्छ। जस्तै एक बचनमा 'छ
' प्रयोग गरिन्छ भने बहुवचन मा 'छन्
' प्रयोग गरिन्छ। त्यसरीनै मगर भाषामा 'छ
' को ठाउमा 'ले
' र 'छन्
' को ठाउमा 'लेको
' प्रयोग गरिन्छ।
जस्तै:
उनीहरु घर जान्छन् = आसेको इमां आन्लेको
तिमीहरु खाना खान्छौ = नाकोको छो ज्यालेको
सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८