मगर भाषामा बर्तमान कालमा वाक्य रचना
बर्तमान कालले हाल भैरहेको समयलाई जनाउदछ, यस्तो अवस्था जनाउने वाक्यको अन्तमा 'ले
' थप्नुपर्दछ।
१) सामान्य बर्तमान
यस काल जनाउनु परेमा सामान्यतय धातु मा 'ले
' जोडिन्छ। जस्तै : ज्याके + ले
= ज्याले
(खान्छ)
बहुबचन वा आदर गर्नु पर्ने छ भने 'लेको
' जोडिन्छ। जस्तै : ज्याके + लेको
= ज्यालेको
(खानुहुन्छ)
आदर गरेर अनुरोध गर्नु पर्ने छ भने 'डनी
वा डनिस
वा नि
वा निस
' जोडिन्छ। जस्तै : ज्याके + नी
= ज्यानी
(खानुस)
आदर गर्नु नपर्ने अवस्थामा 'ओ
' जोडिन्छ। जस्तै : ज्याके + ओ
= ज्यो
(खा)
उदाहरण
म किताब पढ्छु - ङा किताब पडिस्ले
खाना खानुस - छो ज्यानिस्/ज्यानी?
तपाईहरु के गर्नुहुन्छ? - नाक्कोको हि जाट्लेको?
यहा आउनुस - ईलां राहानी
२) अविछिन्न बर्तमान
यस कालले अहिले गरिरहेको अवस्था लाई जनाउछ। यसमा सब्दको पछाडी 'चई/चै/मन
' जोडिन्छ। जस्तै: ज्याके + चै/मन
= ज्याचै/ज्यामन (खादै)
उदाहरण
हरि लेख्दै छ - हरि रिक्मन ले
तिमि खेल्दै छौ? - नको गेस्मन ले?
३) पूर्ण बर्तमान
यसले अहिले गरिसकेको काम लाई बुझाउदछ। यस्तो अवस्था बुझाउनालाई 'च/मो
' जोडिन्छ। जस्तै: ज्याके + च
= ज्याच (खाएको)
उदाहरण
हामीले किताब पढेका छौं = कानै किताब पढिस्च ले
छोटो कुराकानी - मार्च कुराकानी
आज हामि के गर्छौ? - छिनीङ कान हि जाट्ले? (सामान्य बर्तमान)
हामि आज मगर भाषामा वाक्य बानाउन सिक्छौ। - छिनीङ कान मगर ढुटाङ वाक्य खास्के पाहाले।
मेरो कुरा राम्रो सँग सुन्नुस है? - ङौ कुरा सेमुकठा सेनिस है?
हुन्छ। - छान्ले।
भन्नुस त, म के गर्दैछु? - डेनी त, ङा हि जाटमनले? (अविछिन्न बर्तमान)
तपाई हामीलाई सिकाउदै हुनुहुन्छ। - नाक्को कानके पाहाक्मन ले।
सबैले किताब ल्याएको छ? - पट्टई किताब राक्च ले? (पूर्ण बर्तमान)
हामीले ल्याएका छौ। - कानई राक्च ले।
सन्दर्भ सामग्री : बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८