अख्खा लिपीको परिचय

प्राचिन मगर समुदायले बिकसित गरेको लिपि अख्खा लिपीको परिचय

मगर समुदायको आफ्नै भाषा तथा लिपी रहेको पाइन्छ। मगर समुदायले प्रयोगमा ल्याएको लिपी लाई अक्खा लिपी भनिन्छ। यस लिपी बुद्धकालिन लिपी मानिन्छ। बुद्ध कालमा शुन्य आकाश वा हावामा हातको औँलाले कुनै अछ्यरको आकारमा लेख्ने र त्यो लेखिएको अछ्यर पत्ता लगाउने खेल खेलिने गरेको बौद्ध ग्रन्थहरूमा पाईन्छ जसलाई "अख्खारीक" भनिन्थ्यो। यसको अर्थ मगर ढूटमा पाईन्छ। मगर भाषामा "अछ्यर" लाई "अक्खा" र "लेख्नु" लाई "रिक्के" भनिन्छ फलस्वरुप "अख्खारीक" भन्नाले अक्षर लेखेर खेलिने खेल भन्ने बुझ्न सकिन्छ।

अख्खा लिपीलाई मगर समुदायमा परिचित गराउने काम एम. एस. थापा मगर ज्युले गर्नुभएको हो। उहाँको पुस्तक "प्राचिन मगर र अख्खा लिपी" मा मगर समुदाय र अख्खा लिपीको गहिरो अनुसन्धान पाईन्छ। उहाको अनुसार प्राचिन बौद्ध ग्रन्थहरूमा यस भेगको प्राचिन लिपी भनेर "अख्खारीका" को उल्लेख गरेको पाईन्छ जसको अर्थ मगर भाषामा "वर्णमाला" हुन्छ। मगर भाषामा बाहेक अन्य कुनै भाषामा "रीका" को अर्थ अक्षर वा लिपी भन्ने पाईदैन जसले गर्दा पनि यो लिपी प्राचिन मगर समुदाय सिर्जना गरेको भन्ने तर्क छ।

स्वर वर्ण (Vowels)

मगर भाषामा (ढूट) जम्मा ६ वटा स्वर वर्णहरू पहिचान भएका छन् तर एम. एस. थापा मगरको "प्राचिन मगर र अख्खा लिपी" २०४९ मा भने १२ वटै राखेको पाईन्छ।

ccfqpEw

ब्यञ्जन वर्ण (Consonants)

मगर भाषामा (ढूट) जम्मा ३२ वटा ब्यञ्जन वर्णहरू पहिचान गरिएको छ। नेपाली देबनागरि लिपीमा प्रयोग हुने , , , , , , क्ष, त्र, ज्ञ, मगर भाषामा प्रयोग भएको पाईदैन।

ङ्ह
svuUbB
r%hH
न्ह
^&*(gG
म्ह
kKaedD
ल्हव्ह
o:nNjJ
;x

अंक गणना (Number)

01234567 89
१०१११२१३१४१५१६१७ १८१९
1011121314151617 1819
२०३०४०५०६०७० ८०९०१००
2030405060808090 100

सन्दर्भ सामग्री:

  • बिष्णु कुमार सिंजाली मगर, हिरामति राना (सिंजाली), "मगर ढुटानङ कुराकानी", २०६८
  • एम. एस. थापा (झेंडी)मगर "प्राचिन मगर र अख्खा लिपी" २०४९
  • भिम थापा मगर, अक्खा लिपी डाउनलोड